भारत सरकारले विद्युतीय गाडीमा कर छुट दिएको छ। भारतको गुड्स एण्ड सर्भिस ट्याक्स काउन्सिलले विद्युतीय सवारी र चार्जरमा कर छुट दिने निर्णय गरेको हो।
भारतीय सञ्चार माध्यमका अनुसार यसअघि १२ प्रतिशत लाग्दै आएको जिएस्टीलाई झारेर ५ प्रतिशत कायम गरिएको छ। त्यस्तैर चार्जरमा १८ बाट झारेर ५ प्रतिशतमै कायम गरिएको छ।
त्यस्तै १२ सिट क्षमताभन्दा माथिका विद्युतीय बस भाडामा लगाउँदा लाग्ने जिएसटीमा पिन छुट दिने परिषद्ले निर्णय गरेको छ।
विद्युतीय सवारीमा कर छुट दिने निर्णय गरेको भारतले डिजेल पेट्रोल इन्जिनवाला सवारीको कर भने थप गरेको छ।
सवारी नविकरण शुल्कमा २५ गुणासम्म बढाइएको सञ्चालमाध्यमहरुले बताएका छन्।
हाल ६ सय भारुमा हुने सवारी दर्ता र नविकरण शुल्क बढाएर दर्ताका लागि ५ हजार नविकरणका लागि १० हजार पुर्याएको छ।