जापानी सवारी निर्माता कम्पनी होण्डाले भारतीय बजारबाट केही गाडी फिर्ता मगाएको छ।
एयरव्यागमा समस्या देखिएपछि होण्डाले ज्याज, सिटी, सिआर–वी, सिभिक र एकोर्ड मोडलका ५ हजार ८८ ओटा गाडी फिर्ता मगाएको हो।
यी गाडीमा भएको समस्याको हल गरेर ग्राहकलाई फिर्ता दिने कम्पनीले जनाएको छ। यी गाडीहरुमा ड्राइभर र प्यासेन्जर फ्रन्ट एयर ब्यागमा समस्या देखिएको बताइएको छ।
तर नेपालमा ल्याइएका यी मोडलका गाडीमा भने समस्या नभएको नेपाली बिक्रेताको दाबी छ। एउटै मोडलका भारतमा आउने गाडीमा समस्या भएपनि नेपालमा समस्या नभएको उसले दाबी गरेको छ।
नेपालमा ल्याइएको होण्डाका यी मोडलमा गाडीमा समस्या नभएको स्याकार ट्रेडिङ कम्पनीका इम्पोर्ट म्यानेजर राजन पुरीले जानकारी दिए।
‘समस्या देखिएमा हामी फिर्ता गर्छौ तर हामीले ल्याएको मोडलमा समस्या भएको लट फरक छ,’ केसीले सेतोपाटीसगँ भने ‘ समस्या देखिएका यी ५ मोडलमध्ये ज्याज र सिटी मात्र हामीले भारतबाट आयात गरेका हौं।’
यी गाडीमा देखियो समस्या
ज्याज १० कार: (२००९ देखि २०१२ को बिचमा बनेको)
सिटी: २०९९ कार (२००७ देखि २०१३ को बिचमा बनेको)
सिआर–वी २५७७ कार: (२००३ देखि २००८ को बिचमा र २०११ मा बनेको)
सिभिक ५२ कार: ( २००६ देखि २००८ को बिचमा बनेको)
अकोर्ड ३५० कार: (२००३ मा बनेको)