नेपालको लागि रेनोको आधिकारिक वितरक एड्भान्स अटोमोवाइल प्रालिले गत वर्ष न्यू क्विड आरएक्सटी ‘ओ’ नेपाली बजारमा ल्यायो। यो पुरानै क्विडको फेसलिफ्ट हो।
आरएक्सटी ‘ओ’ पहिलोपटक गाडी चढ्नेदेखि गाडी फेर्न खोज्नेको रोजाइमा परेको एडभान्स अटोमोवाइलका मार्केटिङ म्यानेजर सन्दीप क्षेत्रीले जानकारी दिए।
‘यसको लुक्स, इन्टेरियर, कम्फर्ट, ग्राउण्ड क्लियरेन्स, बुट स्पेस लगायत धेरै कुरा राम्रो छ। यसको मूल्य पनि धेरै छैन, तर राम्रा फिचर्स भएका कारण ग्राहकको रोजाइमा परेको हो,’ उनले भने।
९ सय ९९ सिसीको इन्जिन भएको यस ह्यासब्याकले ५ हजार ५ सय आरपिएममा ६८ पिएस पावर र ४ हजार २ सय ५० आरपिएममा ९१ एनएम टर्क जेनेरेट गर्छ।
सेफ्टीको लागि यसमा ड्राइभर एयरव्याग, रिजर्भ पार्किङ क्यामरा, इन्जिन इमोविलाइजर, हाइट माउण्टेड स्टप ल्याम्प, रिमोट किलेस इन्ट्री विथ सेन्ट्रल लकिङ लगायतका फिचर्स समावेस छन्।
यसमा इलेक्ट्रीक पावर स्टेरिङ, एयर कन्डिसनर, हिटर, फ्रन्ट पावर विन्डो, ट्राफिक एसिस्ट कन्ट्रोल, रेयर सिट आर्मरेस्ट, गल्लोभ बक्स लगायतका फिचर्स समावेस छन्।
२८ लिटर फुल ट्याङ्क क्षमताको यो गाडीको ग्राउण्ड क्लियरेन्स १८० मिलिमिटर छ। कम्पनीले न्यू क्विड आरएक्सटी ‘ओ’ म्यानुअल ट्रान्समिसनको मूल्य २२ लाख ३० हजार ७ सय ३० रुपैयाँ र न्यू क्विड आरएक्सटी ‘ओ’ अटोम्याटिक ट्रान्समिसनको २३ लाख ५८ हजार ६ सय ५६ निर्धारण गरेको छ।
कम्पनीले यसको इन्जिन र गियरबक्समा ५ वर्ष वा १ लाख किलोमिटर वारेन्टी र २ वर्ष वा ३ ओटा फ्रि सर्भिसिङ दिन्छ।