आइएमई मोटर्स आधिकारिक वितरक रहेको अशोक लेलैण्ड र रिलायन्स फाइनान्स लिमिटेडबीच कर्जा सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७० प्रतिशतसम्मको कर्जा सुविधा रिलायन्स फाइनान्स लिमिटेडबाट पाउने भएका हुन्।
ग्राहकले अशोक लेल्याण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र आइएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका थिए।
यो सुविधाले ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले विश्वास व्यक्त गरे।