क्लासिक लुक्सका लागि प्रख्यात रोयल इन्फिल्डले २५० सिसी इन्जिन क्षमताको मोटरसाइकल बनाउने भएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा प्रकाशित समाचारहरुअनुसार भारतीय बजार लक्षित उक्त क्षमताको मोटरसाइकल बजारमा ल्याउन लागेको छ।
भारतीय बजारमा प्रतिस्पर्धा गर्नका लागि कम्पनीले उक्त मोडलको मोटरसाइकलको योजना बनाएको हो।
रोयल इन्फिल्डका भारतमा क्लासिक,बुलेट र थन्डरबर्डजस्ता मोडलका बाइक छन्। ३५० सिसीबाट शुरु हुने उक्त बाइकले अन्य कम्पनीसँग प्रतिस्पर्धामा पछि पर्दै आएका छन्।