होन्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले भारतीय बजारबाट ५० हजार ३४ युनिट दुई पाँग्रे सवारीसाधन फिर्ता लिने भएको छ।
फ्रन्ट ब्रेक मास्टर सिलिन्डरमा समस्या देखिएपछि कम्पनीले चार मोडलका साधन फिर्ता मगाएको जानकारी दिएको छ।
कम्पनीले एभियटर, एक्टिभा र ग्रेजिया स्कुटर तथा सिबी साइन मोटरसाइकल फिर्ता मगाएको हो।
२०१९ को फेब्रुवरी ४ देखि जुलाई ३ सम्म उत्पादन भएका उक्त मोडलका साधनमा समस्या देखिएको भन्दै कम्पनीले फिर्ता लिएको छ।
यसअघि होन्डाले भारतीय बजारबाट ५ हजार कार पनि फिर्ता मगाएको थियो।