प्रदेश नम्बर १ को सरकारले चार्जिङ स्टेसनका लागि जग्गा उपलब्ध गराउने भएको छ।
जग्गाका लागि प्रदेश सरकारले स्थानीय सरकारसगँ आग्रह गरेको र स्थानीय तहले पनि जग्गा दिन राजी भएको प्रदेश नम्बर १ सरकारका सचिव राजेशप्रसाद घिमिरेले जानकारी दिए।
‘चार्जिङ स्टेसनको अध्यनको लागि टोली आएको थियो। उक्त टोली र हाम्रा इन्जिनियर मेयरसाब हरुलाई भेटन जानु भयो। उहाँहरुले जग्गा उपलब्द्ध गराउने प्रतिवद्धता जनाउनु भएको छ’ घिमिरेले सेतोपाटीसगँ भने।
चार्जिङ स्टेसनको लागि, मेचीनगर नगरपालिका, सुन्दरहरैचा नगरपालिका र इटहरी उपमहानगरपालिकाले जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएको मूख्यमन्त्री कार्यालयले जनाइको छ।
चार्जिङ स्टेसन कसले राख्ने, कस्तो हुने भनेर अहिले टुङ्गो नलागेको उनले जानकारी दिए।