आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र पोखरा फाइनान्स लिमिटेडबिच सम्झौता ज्ञापन पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रवि चन्द्र गुरूङ र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७०/८० प्रतिशतस्मको सम्मको कर्जा सुविधा पोखरा फाइनान्स लिमिटेडबाट पाउने भएका छन् ।