नेपालको लागि निशान मोटर्सको आधिकारिक वितरक पायोनियर मोटोकर्पले गत वर्ष फागुनमा निशान किक्स सार्वजनिक गरेको हो। किक्सको लोकप्रियतालाई ध्यानमा राख्दै निशानले यही नाडा अटो शोमा नयाँ अप्सन सार्वजनिक गर्न लागेको छ।
निशान किक्सको डिजाइन, स्पेस, इन्जिन पर्फमेन्स, माइलेज, लुक्स लगाएत धेरै विशेषताको कारणले ग्राहको रोजाइमा परेको पायोनियर मोटोकर्पका सिनियर म्यानेजर (सेल्स) राजकुमार ढकालले जानकारी दिए।
किक्स पेट्रोल र डिजेल दुबै भेरियन्टमा उपलब्ध छ भने यसको कुल ५ ओटा अप्सन छ।
१४९८ सिसिको पेट्रोल इन्जिनको किक्सले ५६०० आरपिएममा १०६ पिएस पावर र ४००० आरपिएममा १४२ एनएम टर्क जेनेरेट गर्छ। त्यस्तै १४६१ सिसिको डिजेल भेरियन्टको किक्सले ३०५०आरपिएममा ११० पिएस पावर र १७५० आरपिएममा २४० एनएम टर्क जेनेरेट गर्छ।
पेट्रोल इन्जिनको किक्स ५ स्पिड म्यानुअल ट्रान्समिसन र डिजेल इन्जिनको किक्स ६ स्पिड म्यानुअल ट्रान्समिसनमा उपलब्ध छ। कम्पनीले सेफ्टी फिचर्समा निकै ध्यान दिएको ढकालले जानकारी दिए।
भिडिओ
‘यसमा एबिएस विथ इबिडी र ब्रेकिङ असिस्टेन्स, एयरब्याग, रेयर डिफगर, रेयर भ्यु क्यामरा, रेयर पार्किङ सेन्सर, भेइकल डाइनामिक कन्ट्रोल, हिल स्टार्ट असिस्ट लगायतका फिचर्स छन्,’ उनले भने।
यसमा ८ इन्चको टच स्क्रिन, भ्वाइस रिकग्निसन, कूल र इलुमिनेटेड ग्लोभ बक्स, अटोमेटिक क्लाइमेट कन्ट्रोल, चालकको लागि हाइट मिलाउन मिल्ने सिट, एलइडी प्रोजेक्टरको हेड ल्याम्प लगायत फिचर्स समावेस छन्।
त्यस्तै उसको एक्सटिरियरमा सार्क सिन एन्टेना, बडी कलर्ड एन्टेना, टिन्टेड ग्लास, इन बिल्ट स्पोयलर,आउटर डोर ह्याण्डल लगाएतले निकै आकर्षक बनाएको कम्पनीको भनाइ छ।२१ सेन्टिमिटरको ग्राउण्ड क्लियरेन्स यसको राम्रो विशेषत भएको ढकालले बताए। किक्समा सामान राख्नको लागि यसमा ४सय लिटरको बुट स्पेस दिइएको छ भने
कम्पनीले यसको मूल्य एक्सएल पेट्रोलको ४८ लाख ९९ हजार, एक्सभि पेट्रोलको ५३ लाख ४९ हजार, एक्सएल डिजेलको ५० लाख ९९ हजार, एक्सभी डिजेलको ५६ लाख ९९ हजार र एक्भी प्रिमियमको ६० लाख ९९ हजार निर्धारण गरेको छ।
कम्पनीले यसमा ३ वर्षको वारेन्टी र ३ वर्षको फ्रि सर्भिसिङ उपलब्ध गराउने ढकालले जानकारी दिए।