सवारीसाधनको कुम्भ मेला मानिने नाडा अटो शोको १४ औं संकरण भदौ १० देखि राजधानीको भृकुटीमण्डपमा शुरु हुने भएको छ।
नाडा अटोमोवाइल्स एसोसियसन अफ नेपालले राजधानीमा पत्रकार सम्मेलन गर्दै यो वर्ष ठूला र साना गरी १ सय ६० ओटा स्टल र ब्लकहरु रहने जनाएको छ।
प्रदर्शनीमा २३ ब्राण्डका चार पांग्रे, १९ ओटा ब्राण्डका दुई पांग्रे, १२ ओटा ब्राण्डका लुब्रिकेन्ट, ९ ओटा ब्राण्डमा टायर, ५ ओटा ब्राण्डमा ब्याट्री, १४ ओटा पार्ट पुर्जा एवंग्यारेज उपकरण कम्पनी र १३ ओटा वित्तिय संस्थाहरुको सहभागिता रहने नाडाका अध्यक्ष शम्भु प्रसाद दाहालले जानकारी दिए।
प्रत्येक वर्ष नाडा अटो शोको लोकप्रियता बढ्दै गइरहेकोले यो वर्ष कभर्ड हल, ठुलो चौर र बगैचामा समेत स्टल राखिने दाहालले जानकारी दिए।
अटो शोलाई व्यवस्थित बनाउन यो वर्ष अस्थाई आकाशे पुल पनि निमार्ण गरिएको नाडाले जनाएको छ।
अवलोकनकर्ताहरुको सहजताको लागि पार्किङको पर्याप्त व्यवस्था गरिएको नाडाका सचिव अनुप कुमार बरालले जानकारी दिए। ६ दिनसम्म चल्ने अटो शोाम ७५ हजारले अवलोकन गर्ने नाडाको विस्वास छ।