नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङको क्यासलेस योजनामा तीन वटा बीमा कम्पनी थपिएका छन्।
एनएलजी इन्स्योरेन्स, प्रिमियर इन्स्योरेन्स र ओरियन्टल इन्स्योरेन्स कम्पनीसँग सिप्रदीको क्यासलेस इन्स्योरेन्स सम्बन्धी सम्झौता भएको हो। काठमाडौंस्थित सिप्रदीको मुख्य कार्यालयमा आयोजित एक समारोहकाबीच हस्ताक्षर भएको हो।
सिप्रदी कम्पनीजका उपाध्यक्ष सौरभराज थपलिया, सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ तथा सिप्रदी कम्पनीका प्रमुख अपरेटिङ अधिकृत राजेश गिरीको उपस्थितिमा सम्झौता पत्रमा हस्ताक्षर भयो।
सम्झौतामा एनएलजीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त, प्रिमियरका प्रमुख कार्यकारी अधिकृत सुधुम्न प्रसाद उपाध्याय र ओरियन्टलका तर्फबाट क्षेत्रीय प्रबन्धक एम.डी नायरले हस्ताक्षर गरे।
यसअघि सिप्रदीले शिखर इन्स्योरेन्ससँग क्यासलेस बीमा गरेको थियो जुन नेपालकै पहिलो हो।
यो योजनाका मार्फत् दुर्घटना भएको खण्डमा टाटा मोटर्सका गाडीका खरिदकर्ताले सिप्रदीको बृहत् सञ्जाल भएको सर्भिस सेन्टरहरूमा गई गाडी मर्मत वा बीमा रकम दाबी गर्न सक्नेछन्।