साइद सेफकी श्रीमती एकदिन घरबाट विश्वविद्यालयमा जान मोटरसाइकल ट्याक्सीमा राइड लिइन्। त्यही राति उनलाई त्यो राइडरले मोबाइलमा टेक्स गर्यो। उसको नियत ठीक थिएन। यो घटनाले उनी सारै दु:खी भइन्।
साइदले सोचे ‘यो समस्या कसरी हटाउने होला त ?,’
उनले महिलाको सुविधाको लागि यस्तो समस्या हटाउन केही गर्न सकिन्छ कि भनेर सोचे।
राइड सेयर अर्थात् मोटरसाइकल ट्याक्सी त बंगलादेशमा पहिल्यै प्रचलित थियो। उनले नयाँ आइडिया निकाले। चालक पनि महिला, प्यासेन्जर पनि महिला।
उनले ‘लिलि राइड’ नामक एप्लीकेसन बनाए।
यो एपमा राइड गर्न र राइड लिन महिलाले मात्रै पाउँछन्।
बिबिसीकाअनुसार बंगलादेशका सार्वजनिक यातायातमा यात्रा गर्ने मध्ये ९० प्रतिशत भन्दा धेरै महिलाले आफूमाथी विभिन्न दुर्व्यवहार भएको बताउँछन्।
महिलालाई अझै पनि धेरै कुरामा बन्देज छ। अझ मुस्लिम बाहुल्य देशमा त महिललाई अझ धेरै कठिन छ। यस्तो अवस्थामा कामकाजी महिलाहरु सार्वजनिक यातायातमा धेरै दुर्व्यवाहरमा पर्ने गरेका छन्।
लिलि राइडले यौन दुर्व्यवहारको घटना शून्य भएको प्रयोगकर्ता महिलाहरू बताउँछन्।
‘हाम्रो देशमा महिललाले साइकल चलाएको त राम्रो मान्दैनन् अलिअलि आलोचना त गरिहाल्छन्। तर यसरी आफ्नो स्कुटरमा राइड दिँदा आत्मसम्मान बढेको महशुस हुन्छ,’ एक महिलाले भनिन्।
२०१७ मा सुरू भएको यो एप राजधानी ढाकामा सञ्चालित छ। १९ जाना फुलटाइम राइडर रहेको लिलि राइडमा दैनिक ३ सय राइड रिक्वेस्ट आउने गरेको छ। (बिबिसीबाट)