हुन्डाईको नेपालको लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई भेन्यू सार्वजनिक गरेको छ।
३ ओटा इन्जिन अप्सनमा उपलब्ध भेन्यूको मूल्य कम्पनीले ३४ लाख ९६ हजार देखि ५३ लाख ५६ हजारसम्म निर्धारण गरेको छ।
१.२ लिटर पेट्रोल इन्जिन कप्पा डुअल भिटिभिटि टेक्नोलोजिको भेन्यूले ६ हजार आरपिएममा ८३ पिएस पावर, १.४ लिटर डिजल इन्जिन यु२सिआरडिआइ इन्जिनले ४ हजार आरपिएममा ८० पिएस पावर र १.० टर्बो पेट्रोल इन्जिन कप्पा डुअल भिटिभिटी टेक्नोलोजि इन्जिनले ६ हजार आरपिएममा १ सय २० पिएस पावर जेनेरेट गर्छ।
यसमा स्मार्ट इलेक्ट्रीक सन रुफ, आकर्षक क्रोम युक्त फ्रन्ट ग्रील तथा स्पोर्टी रुफ रेल समावेस गरिएको छ। यसको आर १६ डायमण्ड कट एलोइ पाङ्ग्रा तथा हिल एसिष्ट कन्ट्रोलले अझ आकर्षक बनाएको छ।
भेन्यूमा जडित कर्नरिङ्ग लाइट, प्रोजेक्टर फग लाइट तथा क्रिष्टल इफेक्ट सहितको लेड लाइटले आकर्षक बनाएको कम्पनीको दाबी छ।
यसमा रियोस्ट्याट सहितको एड्भान्स सुपरभिजन क्लस्टर, ड्राईभर रेयर भ्यू मिरर, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल लगाएत फिचर्स समावेश छन्।
यसमा जडित वाइरलेस फोन चार्जर, क्रुज कन्ट्रोल, टेलेमेटिक्स सहितको २०.३२ सेन्टिमिटरको एच डी डिस्प्ले, एअर प्युरिफायर तथा रिएर एसि भेन्टले यात्रालाई अधिक रोमान्चक बनाउने कम्पनीको दाबी छ।