यातायात व्यवस्था विभागले काठमाडौं उपत्यका भित्रको चक्रपथ र त्यसमा जोडिएका ग्रिन बेल्टमा पार्किङ निषेध गरेको छ।
यस क्षेत्रमा पार्किङ गरे सवारी तथा यातायात व्यवस्था ऐन २०४९ बामेजिम कडा कारबाही गरिने यातायात व्यवस्था विभागका महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए।
‘अव्यवस्थित पार्किङले धेरै समस्या उत्पन्न भएको छ। त्यो समस्या हटाउन हामी सरोकारवालाहरु निकायसँग छलफल गरेर यो निर्णय गरेका हौँ,’ हमालले सेतोपाटीसँग भने।
यो व्यवस्था तुरुन्त कार्यान्वयन हुने उनले जानकारी दिए।