बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले उपभोक्ता लक्षित अफर ल्याएको छ। दसै तिहार केन्द्रित हुँदै उसले अफर योजना ल्याएको हो।
“अब कति जितिन्छ पहिल्यै देखिन्छ” भन्ने नारासहित “बजाज भविष्यवाणी” योजना कम्पनीले सार्वजनिक गरेको हो।
बजाजको भविष्यवाणी क्याम्पेनमा ग्राहकहरुले बजाज मोटरसाइकल किन्नु अगाडि स्क्रयाच कार्ड प्राप्त गर्नेछन् जसमार्फत उनीहरुले १ लाखसम्मको सियोर सट डिस्काउन्ट थाहा पाउन सक्नेछन् साथै उनीहरुले बजाज मोटरसाइकलको खरिद पश्चात फेरी अर्को स्क्रयाच कार्ड प्राप्त गर्नेछन् जसमा उनीहरुले १ लाखसम्मको नगद छुट पाउनेछन् ।
यो योजना अन्तर्गत ग्राहकहरुले ग्राहकहरुले बजाजको कुनै पनि आधिकारिक डिलरबाट मोटरसाइकल खरिद गरेर मोटरसाइकल किन्नु अगाडि नै १ लाखसम्मको नगद जित्न सक्छन् साथै खरिद गरेपछि पनि १ लाखसम्म नगद जित्न सक्छन् ।
सदाझै यो पालि पनि ग्राहकका लागि आकर्षक अफर ल्याइएको र यसबाट कम्पनी र ग्राहकबीचको सम्बन्ध थप बलियो हुने कम्पनीका बन्ध निर्देशक शेखर गोल्छाले बताए।
“बजाजले सदैव ग्राहकहरुका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउदै आएको छ । हामी ग्राहकहरुको खुसीको कारण हुन पाएकोमा निकै प्रसन्न छौं र यस चाडपर्वमा उनीहरुको उत्सवको हिस्सा बन्नका लागि बजाज भविष्यवाणी उत्तम रहेको छ । यस अफरमार्फत ग्राहकहरुले मोटरसाइकल खरिद गर्नुभन्दा अगाडि नै सियोर सट डिस्काउन्ट थाहा पाउनेछन् साथै खरिद गरेपछि फेरि नगद छुट प्राप्त गर्नेछन् । हामीले आशा गरेका छौं कि ग्राहकहरु यस क्याम्पेनबाट निकै खुसी हुनेछन्” गोल्छाले भने।