मोबाइलबाट ‘एसएमएस’ र फोन गरेर ट्याक्सी बुकिङ गर्न सकिनेगरी यात्रु सेवा सुरु हुन लागेको छ।
मंगलबारदेखि यो सेवा सुरु हुने यात्रु हब प्रालिका सह–संस्थापक अनिल चौधरीले जानकारी दिए।
यो सेवा लिन ३७००१ मा आफ्नो गन्तब्य म्यासेजमा लेखी पठाउन सकिन्छ। त्यस्तै टोल फ्रि नम्बर १६६००१७००७० मा फोन गरेर पनि बुक गर्न सकिने उनले जानकारी दिए।
‘यात्रुले म्यासेज वा फोन गरेर बुकिङ गरेपछि त्यो रिक्वेस्ट हाम्रा चालकहरुसम्म पुग्छ र यात्रु र ट्याक्सी चालकको समन्वय हुन्छ,’ चौधरीले सेतोपाटीसँग भने।
यसरी ट्याक्सी बुकिङ गर्दा कुनै अतिरिक्त शुल्क नलाग्ने उनले जानकारी दिए।
‘हाम्रो भाडा दर यातायात व्यवस्था विभागले तोकेको सरह छ तर हाम्रो भाडा किलोमिटरको आधारमा पहिल्यै तय हुन्छ,’ उनले भने।
त्यस्तै यात्रु एप पनि बन्दै छ। यात्रुले १ महिना भित्र एपबाट पनि बुकिङ गर्न सकिने उनले जानकारी दिए।
हाल प्यासेन्जरलाई ट्याक्सीसगँ जोड्ने सारथी, पठाओ लगाएतका एप अहिले काठमाडौंमा संचालित छन्।