हुण्डाईको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले बिहीबार बहु प्रतिक्षित गाडी हुन्डाई भेन्यू सार्वजनिक गर्यो।
१.२ लिटर कप्पा पेट्रोल, १ कप्पा टर्वो जिडिआई पेट्रोल र १.४ सिआरडिआई डिजल गरी तीन भेरियन्टका भेन्यू नेपालमा ७ अप्सनमा उपलब्ध छ।
७ स्पिड अटोमेटिक र म्यानुअल ट्रान्समिशनको १.० लिटरको इन्जिनले १२० पिएस पावर र १७५ एनएम टर्क दिन्छ। त्यस्तै ५ स्पिड म्यानुअल ट्रान्समिशनको १.२ लिटर पेट्रोल इन्जिनको भेन्यूले ८३ पिएसको पावर र ११५ एनएम टर्क उत्सर्जन गर्छ।
६ स्पिड म्यानुअल ट्रान्समिशन भएको १.४ लिटर डिजल इन्जिनयुक्त गाडीले ९० पिएस पावर र २२० एनएमको टर्क जेनेरेट गर्छ। कम्पनीले भेन्यूको मूल्य ३४ लाख ९६ हजार देखि ५३ लाख ५६ हजारसम्म निर्धारण गरेको छ।
भेन्यूको फिचर्समा कुनै सम्झौता नगरिएको कम्पनीको दावी छ। यसमा स्मार्ट इलेक्ट्रिक सन रुफ, आकर्षक क्रोम युक्त फ्रन्ट ग्रील तथा स्पोर्टी रुफ रेल समावेस गरिएको छ। आर १६ डायमण्ड कट एलोइ ह्विल तथा हिल एसिष्ट कन्ट्रोलले गाडीलाई अझ आकर्षक बनाएको छ।
वाइरलेस फोन चार्जर, क्रुज कन्ट्रोल, टेलेमेटिक्स सहितको २०.३२ सेन्टिमिटरको एचडी डिस्प्ले, एअर प्युरिफायर तथा रियर एसी भेन्ट समावेस गरिएको छ।
भेन्यूमा जडित कर्नरिङ लाइट, प्रोजेक्टर फग लाइट तथा क्रिष्टल इफेक्ट सहितको लिड लाइटले आकर्षक बनाएको कम्पनीको दाबी छ।
यसमा रियोस्ट्याट सहितको एड्भान्स सुपरभिजन क्लस्टर, ड्राईभर रेयर भ्यू मिरर, भेहिकल स्टेबिलिटी म्यानेजमेन्ट तथा इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल लगायत फिचर्स समावेश छन्।