सवारीसाधनका पारखीहरुको लागि कुम्भ मेलामेला मानिने नाडा अटो शो मंगलवारबाट राजधानीको भृकुटी मण्डपमा सुरु हुदै छ। नेपालको सबैभन्दा ठुलो मानिने यस शोमा हजारौंले अवलोकन गर्ने अपेक्षा गरिएको छ।
अवलोकनकर्ताको ध्यान तान्न अधिकांश सवारी साधन आयातकर्ता कम्पनीले नयाँ–नयाँ उत्पादन शोकेस गर्छन। यो वर्षपनि धेरै कम्पनीले नयाँ गाडी शोकेस गर्ने तयारी गरिरहेका छन्। केहीको विषयमा यहाँ चर्चा गरिएको छ।
टाटा
नेपालको लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले यो नाडा अटो शोमा ‘एच फाइभ’ प्रर्दशन गर्ने भएको छ। भारतमा ह्यारियर नामले परिचित ‘एचफाइभ’ नाम परिवर्तन गरिएको हो।
‘एच फाइभ’ ३ ओटा भेरियन्टमा आउनेछ। १९५६ सिसि इन्जिनको ‘एच फाइभ’ ३७५० आरपिएममा १३८.१ बिएचपि पावर र १७००–२५०० आरपिएममा ३५० एनएम टर्क जेनेरेट गर्छ।
महिन्द्रा
महिन्द्रा एण्ड महिन्द्राको नेपालको लागि आधिकारीक वितरक अग्नी इन्कर्पोरेटले यो वर्षको नाडा अटो शोमा एक्सयूभी ३०० र नयाँ एमपीभी मराजोलाई प्रदर्शन गर्ने भएको छ।
भारतीय बजारमा सार्वजनिक भइसकेको सब कम्प्याक्ट एक्सयूभी ३०० कम्पनीको लेटेस्ट डिजाइन र अत्याधुनिक सेग्मेन्ट फस्ट नयाँ विशेषतासहित आएको एसयूभी हो। यो एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्ध हुनेछ ।
१.२ लि टर्बो पेट्रोल इन्जिन जसमा ८१ केडब्लू (११० बीएचपी) पावर र २०० एनएम टर्क र १.५ लि टर्बो डिजल इन्जिन जसमा विद्युतीय भेरिएबल जिओमेट्री चार्टरसहित ८५.८ केडब्लू (११५ बीएचपी) पावर र ३०० एनएम टर्क गरि दुईवटा इन्जिन अफ्सनमा उपलब्ध हुने छ।
त्यस्तै महिन्द्रा मराजो कम्पनीको अहिलेसम्मको ठूलो प्यासेन्जर भेइकल हो, जसलाई ७ र ८ सिट अप्सनमा बजारमा उपलब्ध गराइएको छ। महिन्द्रा मराजोमा नयाँ १.५ लिटरको ४ सिलिन्डर डिजेल इन्जिनमा उपलब्ध रहेको छ ।
जिप
जिपको नेपालको लागि आधिकारिक वितरक लाइफ अटोमोबाइलले यो वर्षको नाडा अटो शोमा कम्पासका दुई वटा भेरियन्ट कम्पास ट्रायलहक र कम्पास स्पोर्ट प्लस सार्वजनिक गर्दैछ।
कम्पास ट्रायलहक कम्पास लाइनअपकै सबैभन्दा शक्तिशाली र क्षमतावान् एसयुभी हो जसमा जिपले पहिलो पटक अटोमेटिक डिजेल इन्जिन राखेको छ।
ट्रायलहकमा ‘ट्राइड एन्ड टेस्टेड’ २.० लिटरको एफसीए निर्मित मल्टिजेड डिजेल इन्जिन प्रयोग गरिएको छ जसले १७३ पीएस पावर र ३५० एनएम टर्क उत्पन्न छ। ट्रायलहकको इन्जिन बीएस६ स्टयान्डार्डअनुसारको छ। ९ स्पिड अटोमेटिक गियर बक्स यसको सबैभन्दा ठूलो परिवर्तन हो।
डिजेल भर्सनका पुराना कम्पासमा ६ स्पिड म्यानुअल गियरबक्स थियो भने १.४ लिटरको पेटोल इन्जिनमा ७ स्पिड डीसीटी अटोमेटिक गियरबक्स थियो। नेपालमा यसको मूल्य एक करोड २५ लाखको हाराहारीमा हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी, जिप कम्पास स्पोर्ट प्लस बेस अप्सन स्पोर्टभन्दन माथिको भेरियन्ट हो जसमा प्रिमियम फिचरहरु अफर गरिएका छन्। १६ इन्चको एलोइ ह्विल, डुअल टोन क्लाइमेट कन्ट्रोल, रियर पार्किङ सेन्सर र ब्ल्याक रुफ रेल यी प्रिमियम फिचर हुन् । साथै, यसमा इलेक्ट्रिकल्ली एड्जस्टेबल आउटसाइड रियर–भ्यु मिरर, डे–टाइम रनिङ ल्याम्पस, अल–ब्ल्याक इन्टेरियर फेब्रिक अपहोल्स्ट्रा र यु कनेक्ट ५.० टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम छन् । यसको मूल्य ७३ लाख ९० हजार रुपैयाँ तोकिएको छ।
हुण्डाई
हुण्डाईको नेपालको लागि आधिकारिक वितरक लक्ष्मी इन्टर कन्टिनेन्टल प्रालीले यो वर्ष ‘कोना’ र ‘भेन्यू’लाई मूख्य आकषर्णको रुपमा प्रदर्शन गर्नेछ। विद्युतिय गाडी कोना केही महिना अगाडी सार्वजनिक भएको हो भने भेन्यू नेपाल भित्रिएको केही दिन मात्र भयो।
१.२ लिटर कप्पा पेट्रोल, १ कप्पा टर्वो जिडिआई पेट्रोल र १.४ सिआरडिआई डिजल गरी तीन भेरियन्टका भेन्यू नेपालमा ७ अप्सनमा उपलब्ध छ।
७ स्पिड अटोमेटिक र म्यानुअल ट्रान्समिशनको १.० लिटरको इन्जिनले १२० पिएस पावर र १७५ एनएम टर्क दिन्छ। त्यस्तै ५ स्पिड म्यानुअल ट्रान्समिशनको १.२ लिटर पेट्रोल इन्जिनको भेन्यूले ८३ पिएसको पावर र ११५ एनएम टर्क उत्सर्जन गर्छ।
६ स्पिड म्यानुअल ट्रान्समिशन भएको १.४ लिटर डिजल इन्जिनयुक्त गाडीले ९० पिएस पावर र २२० एनएमको टर्क जेनेरेट गर्छ। कम्पनीले भेन्यूको मूल्य ३४ लाख ९६ हजार देखि ५३ लाख ५६ हजारसम्म निर्धारण गरेको छ।
त्यस्तै इलेक्ट्रिक एसयुभी कोना फूल चार्जमा ४ सय ५२ किलोमिटरको दूरी तय गर्न सक्ने कम्पनीको दावी छ।
हुण्डाई कोना २ ओटा भर्जन ३९।२ किलोवार्ट आवर र ६४ किलोवार्ट आवरमा उपलब्ध छ।
३९.२ किलोवार्टको कोनाले १ सय ३१ बिपिएच पावर ३ सय ९५ एनएम टर्क जेनेरेट गर्छ।
टोयोटा
टोयोटाको लागि नेपालको आधिकारीक वितरक यूनाईटेड ट्रेडस सिन्डिकेट प्रालिले नाडा अटो शो २०१९ मा हाइब्रिड कार र्याभ फोर प्रदर्शनी गर्ने भएको छ। २.५ लिटर पेट्रोल इन्जिन युक्त गाडीमा चार सिलिण्डर जडित छ।
फोर्ड
फोर्डले अटो शोमा यो वर्ष इकोस्पोर्टको नयाँ भेरियन्ट इकोस्पोर्ट थन्डर राख्नेछ।
१४९८ इन्जिन क्षमताको थन्डरले ३७५० आरपिएममा ९९ बिपिएच पावर र १७५० आरपिएममा २०५ एनएम टर्क जेनेरेट गर्छ। यसमा धेरै फिचर्सहरु थपिएको कम्पनीले जनाएको छ। कम्पनीले यसको मूल्य ४७ लाख ४० हजार निर्धारण गरेको छ।
किया
नेपालका लागि कियाको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले यो अटो शोमा विद्युतीय सियुभी निरो इलेक्ट्रिक भेइकल(इभी) प्रदशन गर्नेछ।
कन्टिनेन्टल ट्रेडिङले निरो केही समय अघि नेपाली बजारमा ल्याएको हो। ६४ किलोवाटको ब्याट्री दिइएको निरोमा १५० किलोवाटको मोटर जडित छ। यसले २०४ पिएस पावर र ३९५ एनएम टर्क जेनेरेट गर्छ। निरो सिङ्गल चार्जमा ४ सय ८० किलोमिटरसम्म गुड्न सक्ने कम्पनीको दावी छ।
निशान
निशानको नाडामो किक्सको नयाँ भेरियन्ट एक्सभी प्रिमियम प्लस ल्याउने भएको छ।
१४६१ सीसी इन्जिन क्षमताको एक्सभी प्रिमियम प्लसले ३८५० आरपीएममा १०८ बीएचपी पावर र १७५० आरपीएममा २४० एनएम टर्क जेनेरेट गर्छ।
सुजुकी
नेपालको लागि सुजुकीको आधिकारिक वितरक सिजिमोटोकर्पले अटोशोमा ३ ओटा हाइब्रिड कार सार्वजनिक गर्ने छन्। यो वर्ष सुजुकीका सियाज, आर्टिका र एसक्रस राखिने कम्पनीले जनाएको छ।
कम्पनीले सियाजको सुरुवाती मूल्य ३५ लाख ९९ हजार, आर्टिकाको सुरुवाती मूल्य ३७ लाख ४९ हजार र एस क्रसको सुरुवाती मूल्य ४२ लाख ९९ हजार निर्धारण गरेको छ। यी बाहेक अन्य कम्पनीहरुले पनि आफ्नो विभिन्न उत्पादन प्रदर्शनी पनि गर्ने तयारी गरिरहेका छन्।