आजदेखि राजधानीमा शुरु भएको नाडा अटो शोमा सवारीसाधन र तिसँग सम्बन्धित वस्तु तथा सेवाको प्रदर्शनी गरिएको छ।
नेपाली बजारमा प्रचलनमा रहेका कम्पनी तथा नवप्रवेशी कम्पनीका उत्पादन पनि शोमा राखिएका छन्।
भदौ १६ गतेसम्म चल्ने यो प्रदर्शनीमा कम्पनीहरुले छुट तथा सहुलियत घोषणा गरेका छन् भने बैंक तथा फाइनान्सले पनि ऋणका लागि परामर्श सेवा दिइरहेका छन्।
एकै ठाउँमा उपलब्ध सबै बिकल्पको अवलोकन गर्न पाइने भएकाले उपभोक्ताको पनि आकर्षण बनिरहेको शोमा रहेका दुईपांग्रो सवारीसाधन यस्ता छन्:
तस्बिरहरु: नारायण महर्जन/सेतोपाटी