सवारीसाधनका पारखीहरुको लागि कुम्भ मेला मानिने नाडा अटो शो आजबाट राजधानीको भृकुटी मण्डपमा सुरु भएको छ। नेपालको सबैभन्दा ठुलो मानिने यस शोमा ७५ हजारले अवलोकन गर्ने नाडाको अपेक्षा छ।
धेरै अवलोकनकर्ताले अवलोकन गर्ने यस मेलामा अधिकांश सवारी साधन आयातकर्ता कम्पनीले वर्षेनी नयाँ–नयाँ स्किमहरु ल्याउने गरेका छन्। यो वर्ष पनि धेरै कम्पनीले नाडा शो बिषेश अफरहरु ल्याएका छन्।
कुन कम्पनीको कस्तो अफर?
फक्सवागन
फक्वागनले नाडा अटो शोको लागि एउटा गाडीमा छुट दिएको छ। कम्पनीले पोलो १.० टिएल प्लसमा लिटरलाई अटोशोभर २८ लाख ४५ हजारको सट्टा २६ लाख ९० हजारमा बिक्रि गरिरहेको छ।
इसुजु
नेपालको लागि इसुजुको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले यो नाडा अटो शोका लागि नगद छुटको व्यवस्था गरेको छ। कम्पनीले नाडा शोभर प्रत्येक इसुजु सवारी साधन खरिदमा १–१ लाख छुटको व्यवस्था गरेको छ।
सुजुकी
सुजुकी चारपांग्रे सवारी साधनको आधिकारिक वितरक सिजी मोटोकर्पलो नाडा शो विषेश ५० हजारसम्म छुटको व्यवस्था गरेको छ। चार्डपर्व स्किम बाहेक सुजुकीले नाडा अटो शो को लागि यो अफर ल्याएको हो।
बिवाईडी
विद्युतिय सवारी साधन बिवाईडीको नेपालको लागि आधिकारिक वितरक साइमेक्स इन्कले नाडाको लागि विषेश नगद छुट ल्याएको छ। कम्पनीले मेला भरीको लागि ‘इ ६’मा १ लाख, ‘एम ३’ (७सिटर) मा १ लाख ५० हजार र ‘एम ३’(५ सिटर) मा १ लाख ५० हजार नगद छुट दिएको छ।
एमजी
एमजीको नेपालको लागि पारामान्ट मोटर्सल नाडा शोको लागि २ लाख देखि २ लाख ५० हजारसम्मको छुटको व्यवस्था गरेको छ। कम्पनीले यो बाहेक १ वर्षको रोडट्याक्स, इन्सोरेन्स र एससोरिज पनि उपलब्ध गराउने जनाएको छ।
प्युजो
नाडा अटो शोमा प्युजोको सवारी साधन खरिद गर्नेले नगद छुट पाउने छन्। यसको २००८ मोडलमा कुल १० लाख छुट, २००८ मोडलमा कुल ८ लाख र टेप इभीमा कुल १० लाख छुट पाउनेछन्।
टाटा
नेपालको लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नाडाको लागि विभिन्न छुट तथा अफरहरु ल्याएको छ।
कम्पन्रीले एच फाइभ बाहेकका सवारीसाधन खरिदमा जोडीलाई दुवई टुर योलिन नचाहनेलाई आकर्षक नगद छुट, नाडामा गाडी बुकिङ गर्दा ज्ञ थान आइफोन एक्स आर र एच फाइफ बुकिङ गर्नेलाई पनि १ थान आइफोन एक्स आर दिने घोषण गरेको छ।
मित्सुबिसी
मित्सुबिसी मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता लियोन मोटर्सले नाडा अटो शो भरी गाडी खरिद गर्नेले २ लाख नगद छुट र एउटा क्लेभल्याण्ड मोटरसाइकल दिने जनाएको छ।
बिएमडब्लु
बिएमडब्लु मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक हिमालयन मोटोर्राडले नाडा अटो शो भरका लागि प्रत्येक मोटरसाइकलमा ३ हजार नगद छुटको व्यवस्था गरेको छ।
जिनियस मोटर्स
विद्युतिय मोटरसाइकल कम्पनी जिनियस को लागि नेपालको आधिकारिक वितरक योमा इमोटर्सले नाडा अटो शोमा जिनियस मोटरसाइकल खरिद गर्नेलाई २० हजार नगद छुटको व्यवस्था गरेको छ।
केटिएम
नेपालको लागि केटिएम मोटरसाइकलको आधिकारिक वितरक केटिएम हुलास इन्भेस्टमेन्टले नाडा अटोमा प्रत्येक मोटरसाइकलको खरिदमा १५ हजार नगद छुटको व्यवस्था गरेको छ।
रोयल इन्फिल्ड
नेपालको लागि रोयल इन्फिल्डको आधिकारिक वितरक दुगड ब्रदर्स एण्ड सन्स प्रालिले नाडा अटो शोका लागि प्रत्येक रोयल इन्फिल्ड मोटरसाइकलको खरिदमा एउटा लेगगार्ड र एउटा हेल्मेट दिने व्यवस्था गरेको छ।