नाडा अटो सो तथा नेपालीहरुको ठूला पर्वको अवसरमा सुजुकीले आकर्षक अफर ल्याएको छ। सुजुकी पवोत्सव योजनालाई सधैं झैं अगाडी सारेको छ ।
हरेक वर्ष सुजुकीको आफ्नो पर्वोत्सव योजनामा विभिन्न अफर ल्याउने गरेको छ। यो वर्ष पनि कम्पनीले विशेष बनाएको दाबी गरेको छ ।
सुजुकी पर्वोत्सव योजनामा ग्राहकले २ लाखसम्मको नगद छुट, अधिकतम १ लाखसम्मको एक्स्चेन्ज बोनस, इ–स्क्र्याच सिस्टम मार्फत् अधिकतम १ लाखसम्मको थप छुट तथा १ वर्ष सम्मको सवारी कर निःशुल्क पाउनसक्ने छन्।
यसका साथै नाडा अटो शो अवधिभर ए १० स्टलमा गई सुजुकी गाडी खरिद गर्दा अधिकतम ५० हजारसमसम्मको विशेष छुट पनि पाउने छन्।
यसका साथै नाडा अटो शोको अवसरमा कम्पनीले नयाँ मोडेलहरु प्रदर्शन गरेको छ । यस वर्ष सुजुकीले स्मार्ट हाइब्रिड कार ल्याएको छ।
इर्टिगा, सियाज र एसक्रस मोडलका स्मार्ट हाइब्रिड गाडी कम्पनीले नेपाली बजारमा सार्वजनिक गरेको हो। इर्टिगा, सियाज र एसक्रस मूल्य क्रमश: ३८,९९०००, ३८२९००० र ४२९९००० रुपैयाँ रहेको छ।
यी मोडलका कारले उपभोक्ताहरुको वातावरण मैत्री अटोमोबाइल्स प्रतिको धारणालाई परिवर्तनसमेत गर्ने कम्पनीले विश्वास लिइएको छ । हाइब्रिड कार डिजेल इन्जिनका साथसाथै वातावरण मैत्री विद्युतीय कारका रुपमा विकसित गरिएको कम्पनीको दाबी छ ।
इलेक्ट्रिक मोटर तथा पेट्रोल वा डिजेलले सञ्चालित हुने इन्जिन जडान गरिएका यस्ता कारहरुमा अधिकांश समय इलेक्ट्रिक मोटरले काम गर्छ भने बाटोको अवस्था हेरी इन्जिनले पनि स्वीच गर्छ।
यस्ता कारमा इन्धन न्यन खपत हुने कम्पनीले जानकारी दिएको छ।