प्रिमियम मोटरसाइकल ब्रान्ड बिएमडब्लुका ६ मोडलका मोटरसाइकल काठमाडौंमा जारी नाडा अटो शोमा प्रदर्शन गरिएका छन्। बिएमडब्लु मोटरसाइकलको लागि नेपालको आधिकारिक वितरक हिमालयन मोटोर्राडले नाडा अटो शो अवधिमा छुट तथा सहुलियत अफर पनि ल्याएको छ। यो अवधिमा कम्पनीले ३० हजार नगद छुट दिने घोषणा गरेको छ।
कम्पनीले 'बिएमडब्लु जी ३१० आर' का ३ कलर भेरियन्टमा राखेको छ। यसमा रातो, कालो र सेतो कलरमा छन्। कलर अनुसार यसको मूल्य पनि फरक रहेको छ।
यो मोडलमा रातो मोटरसाइकलको ९ लाख ५० हजार, कालोको ९ लाख ५० हजार र सेतोको ९ लाख ७५ हजार रहेको छ।
त्यस्तै 'बिएमडब्लु जी ३१० जिएस' मोडलका पनि तीन कलर भेरियन्ट रहेका छन्। यो मोडलमा रातो मोटरसाइकलको १० लाख ९० हजार, कालोको १० लाख ९० हजार र सेतोको ११ लाख १५ हजार रहेको छ।