भारतीय अटोमोबाइल्स निर्माता महिन्द्रा एन्ड महिन्द्राका चारपाँग्रे सवारीको नेपालका लागि आधिकारिक वितरक अग्नी इन्टरकर्पोर्टले क्सयूभी ३०० सार्वजनिक गरेको छ। राजधानीमा जारी अटो शोमा कम्पनीले यो गाडी सार्वजनिक गरेको हो।
गाडीमा फस्ट इन सेग्मेन्ट ७ एयरब्याग, ४ डिस्क ब्रेक, अगाडि पार्किङ सेन्सरहरू, हिटेड ओआरभीएम्स रहेको छ। त्यस्तै गाडीमा फ्रन्ट एन्ड रियर फग ल्याम्प रहेका छन्।
टायरको तापक्रमको तत्काल जानकारी दिने टायर ट्रोनिक्स प्रणाली भएको गाडीका सबै सिटमा सिट बेल्ड रिमाइन्डर छन्। पेट्रोल र डिजेल इन्जिनको विकल्प भएको गाडीमा डिजेलमा ३०० एनएम र पेट्रोलमा २०० एनएम टर्क रहेको छ।
जीपीएस नेभिगेसन, एप्पल कारप्ले र एन्ड्रोइन अटो सहितको १७.७८ सेमी टचस्क्रिन इन्फोटेन्मेन्ट भएको गाडीमा डायनामिक असिस्टेन्टसहित पछाडि पार्किङ क्यामेरा, लेड टर्न इन्डिकेटर्ससहित पावर फोल्डेबल ओआरभीएम्स, स्टेयरिङमै जोडिएको फोन/अडियो नियन्त्रक र क्रुज कन्ट्रोल, स्मार्ट वाच कनेक्टिभिटीसहित ब्लू सेन्स एपीपी र वर्षा र उज्यालोको स्मार्ट सेन्सर पनि छ।
चितुवा प्रेरित डिजान भनेर दाबी गरिएको गाडीको अगाडि आक्रमक क्रोम फ्रन्ट ग्रिल,स्ट्राइकिङ लेड डीआरएस्लस र स्टाइलिश लेड टेल ल्याम्पहरूसहितको प्रोजेक्टर हेडल्याम्प,स्पोर्टी ४३.१८ सेमी डायमन्ड कट अलोज् र फ्लोटिङ रुफ डिजाइन, क्लासी डुअल टोन रुप रेल्स र स्टर्डी साइल क्लाडिङ रहेको छ।
पछाडिपट्टी ३ जना यात्रुका लागि सुविधाजनक स्थान भएको गाडीमा प्रिमियन लेदरेट अपहोल्स्ट्रेका साथमा लेदरले मोडिएको स्टेयरिङ/गियर नब, ढोकाका भित्री भागका ह्यान्डनमा क्रोम, डुअल टोन ब्ल्याक एन बेज ड्यासबोर्ड,उचाइ समायोजन गर्न मिल्ने ड्राइभर सिट र दोस्रो पंक्तिमा ६०:४० छुट्याउन मिल्ने सिट रहेको छ।
यो गाडीको नेपाली बजारमा पेट्रोल डब्लू फोर वर्गका लागि ३९ लाख ७५ हजार र डिजेल डब्लू फोर वर्गका लागि ४१ लाख २५ हजार रुपैयाँ रहेको छ।