सुजुकी मोटर्सको नेपालका लागि आधिकारीक बितरक सिजी मोटोकर्पले सुजुकीका स्मार्ट हाइब्रिड गाडी सार्वजनिक गरेको छ।
काठमाडौंमा जारी नाडा अटो शोमा कम्पनीले सुजुकीका २ मोडलका स्मार्ट हाइब्रिड गाडी सार्वजनिक गरेको हो।
सुजुकी एक्सएल६ गाडी आज सार्वजनिक गरेको हो।
कम्पनीका अनुसार यी गाडीमा रहेको ब्याट्रीबाट पनि इन्जिन स्टार्ट हुने भएकाले इन्धन खपत न्यन गर्छ। वातावरैमैत्री हुने दाबी गरिएको यो मोडलका दुई भर्जन नेपाली बजारमा ल्याएको छ।
डेल्टा र अल्फा गरी दुई भर्जनमा कम्पनीले नेपालमा ल्याएको हो। यसको मूल्य ४६ लाख ९९ हजार र ४७ लाख ९९ हजार रहेको छ।
सिजी मोटोकर्पले नाडा अटो शोमा खरिद गर्दा २ लाखसम्मको छुट सुविधा दिन सकिने जानकारी दिएको छ।