नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रिमियम एसयूभी टाटा ‘एचफाइभ’ नेपाली बजारमा सार्वजनिक गरिएको छ।
भारतीय बजारमा टाटा ह्यारियर भनिने टाटा एचफाइभको बुकिङ्ग केही दिन अघि देखिनै खुला गरिएको थियो। क्रियोटेक २.० लिटर टर्बो डिजेल इन्जिन युक्त टाटा एचफाइभले १३८ बिएचपावर र ३५० एनएम टर्क जेनेरेट गर्छ।
टाटा एचफाइभ ल्यान्डरोवरको डि एट प्लेटफर्ममानिर्माण गरिएको गाडी हो। टाटा एचफाइभमा पुस बटन स्टार्टस्टप, सेमी डिजिटल इन्स्ट्रूमेन्ट कन्सोल, मल्टीफङ्गसन स्टरिङ, हाइट अजस्टेबल ड्राइभर सीट, अटो क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू रहेका छन्।
कम्पनीले यसको शुरुवाती मूल्य ५६ लाख ५५ हजार तोकेको छ। टाटा एचफाइभको डेलिभरी सेप्टेम्बरबाट सुरू हुने र पहिला बुक गर्नेलाई प्राथमिकता दिइने सिप्रदीले जनाएको छ।
टाटा एचफाइभ सर्वोत्कृष्ट उत्पादनभएको र नेपाली बजारमा लोकप्रिय हुनेमा आफु विश्वस्त भएको सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले दावी गरे।