सन्तोषी नेपाल
अटो मोबाइल्सको कुम्भमेला मानिने ‘नाडा अटो शो’ मंगलबार देखि सुरु भएको छ। विभिन्न कम्पनीका गाडि एकै थलोमा पाइने हुनाले पनि शो मा ग्रहको निकै ठुलो भिड लागेको छ।
तिनै ग्राहकलाई आर्कषण गर्न विभिन्न कम्पनीले छुट, भ्रमणका ट्रिप लगायतका ‘अफर’ दिएर ग्राहकलाई आफुतिर आर्कषित गरिरहेका छन्।
त्यसो त विभिन्न कम्पनीको आ–आफ्नो मार्केटिङ स्टाटेजी हुन्छ, आफ्नो सामान बेच्ने आफ्नै तरिका हुन्छ। अफर दिनु पनि व्यापारको एउटा तरिका त हो तर, महिन्द्राले भने छुट र अफरमा भन्दा पनि ग्राहकको किन्न सक्ने क्षमताको आधारमा राम्रो सामान लिएर आएको छ।
मानिसहरु त्यस्ता अफरमा आर्कषित हुन्छन् र हुन स्वाभाविक पनि हो। मध्यम वर्गीय परिवारको लागि एउटा गाडि किन्नु भनेको घर पछिको दोस्रो रोजाइ हो। त्यसमा थोरै भएपनि पैसा कम तिर्न मन हुन्छ।
तर, उनीहरुले गाडि किन्दाको छुट, अफरसँगै गाडिको भित्रको अन्य सुविधामा पनि उत्तिकै ध्यान दिएका हुन्छन्।
विशेषगरि गाडि किन्दा त्यसको माइलेज, इन्जिनको क्षमता, मूल्य, गाडिको पार्टपुर्जाको उपलब्धता आदि कुराहरुमा पनि ध्यान दिएका हुन्छन् र दिनु पनि पर्छ।
साँच्चिकै हिसाब गर्ने हो भने कतिपए कम्पनीले अहिले दिएको सुविधा दिर्घकालमा निकै महङगो सावित हुन पनि सक्छ।
बजारको तुलनात्मक अध्यायन गर्ने हो भने अहिलेसम्म महिन्द्राको गाडि अन्य कम्पनीका गाडिको तुलनामा सस्तो र सुलभ मूल्यमा पाइन्छ।
त्यतिमात्रै होइन यसको देशैभरि ५० भन्दा बढी डिलर र सर्भिस सेन्टर रहेको छ। त्यहाँबाट चाहेको बेलामा चाहेको ठाउँबाट पनि सुविधा लिन सकिन्छ। पक्कैपनि यो अन्य कम्पनीको अहिलेको छुट भन्दा धेरै सुविधा सम्पन्न छ।
यसै कारण पनि ग्राहकहरु हाम्रो कम्पनी प्रति सधै सकारात्म र उत्सुक देखिन्छन्। ग्राहकको त्यो सन्तुष्टि सबै ताजा राख्न हामी छोटो खुसिको लागि छुट दिनुभन्दा दिर्घकालिन खुसिको लागि राम्रो बस्तु बेच्ने कोसिस छौँ।
यदि साँच्चिकै ग्राहकले माइलेज, इन्जिनको क्षमता अन्य सुविधा हेर्ने हो भने पहिलो नम्बरमा महिन्द्रानै पर्छ। महिन्द्रसँग नेपालमै गाडि बेचेको २९ वर्ष भन्दा लामो अनुभव पनि छ।
अर्कोतिर महिन्द्रलाई अफ रोडको गाडिका रुपमा पनि चिनिन्छ। महिन्द्र बोलेरो पिकअप महेन्द्रको उत्कृष्ट गाडि हो यसलाई कुनै पनि कम्पनीले अहिले सम्म उछिन्न सकेको छैन।
महिन्द्राले निकालेको ब्रान्डको रेट, उपभोक्ताको अनुभव, बजारमा माग सबैहेर्दा पनि यसको ब्रन्ड कस्तो र कुन स्तरको उत्पादन हो भन्ने थाहाँ हुन्छ। यो सबै हेर्ने हो भने ग्राहको लागि एउटा मात्रै विकल्प हो महिन्द्रा।
तर, अहिले आएर महिन्द्राको अफ रोड गाडि मात्रै हुन्छ भन्ने धारणलाई परिवर्तन पनि गर्न लागेका छौँ। हाम्रो एक्सयुभी ३०० भर्खरै लन्च भयो। यो निकै विलासी गाडि हो।
यसअघिका गाडि जस्तो यो अफ रोड गाडि होइन। यसमा भएको इन्जिन, टायर, यसको आकार सबैले यो निकै आर्कषक देखिन्छ। यसमा पछिल्लो समय विकास भएका धेरै फिचरहरु समावेस गरिएको छ। त्यसैले ब्रान्ड सँगै सुविधा सम्मपन्न गाडि किन्नेको लागि यो उत्तम विकल्प हुन सक्छ।
यदि कसैले पनि गाडि किन्दै हुनुहुन्छ भने अफर धेरै भएको गाडि भन्दा पनि आफुलाई मन परेको कम्पनी, राम्रो कम्पनी र लामो समय सम्म सुविधा पाइने कम्पनीको गाडिमा ध्यान दिनुपर्छ।
(नेपाल अग्नि इनकर्पोरेटमा मार्केटिङ म्यानेजर छन्।)