अवाशिष ओझा
मंगलबार देखि नाडा अटो शो सुरु भएको छ । गाडी वा बाइक किन्ने योजना बनाइरहेका जो काेहीलाइ पनि एक पटक शोमा पुग्ने रहर हुन्छ। एकै ठाउँमा सबै कम्पनीका सवारी साधन र विभिन्न कम्पनीले दिने छुटले पनि शोमा ग्राहकको विशेष आकर्षण गर्छ।
हामी नेपालीको लागि घर किन्न सबैभन्दा पहिलो प्रथमिकता हो। त्यसपछिको हाम्रो रोजाइ हुन्छ गाडी। गाडी किन्न पनि हाम्रो लागि ठूलो बजेट चाहिन्छ। त्यसैले विशेष ध्यान दिएर गाडी रोज्नु पर्छ। विशेष गरी गाडी किन्नेले सबैभन्दा पहिले त्यसको ब्रान्ड हेर्नुपर्छ ।
विश्वमा धेरै देशमा धेरै ब्रान्ड एक नम्बरमा छन्। एउटा देशमा एउटा ब्रान्ड पहिलो नम्बरमा छ भने अर्को देशमा अर्कै ब्रान्ड पहिलो नम्बरमा हुन्छ । तर, आफ्नो देशमा कुन कम्पनीको कुन ब्रान्डले राम्रो गरिरहेको छ त्यो हेर्नु पर्छ।
ब्रान्डसँगै कम्पनीले दिने सुविधा पनि याद गर्नुपर्छ। व्यापारको हिसबाले मात्रै होइन, बिक्रीपछि को सुविधा पनि हेर्नु अत्यान्त जरुरी छ । डिलरसिप र सर्भिससेन्टको सुविधा कहाँकहाँ छ भन्ने कुराले पनि त्यो गाडी किन्ने नकिन्ने छुट्याउनु पर्छ। यस्तै गाडीको पाटपुर्जाको उपलब्धतालाई पनि हेर्नुपर्छ। त्यस्तै गाडी कत्तिको बलियो छ भन्ने पनि ध्यान दिनुपर्छ।
हामीले गाडी किनिसकेपछि केही समय चलाएर बेच्छौं । सामान्यतया धेरैले लामो समय सम्म एउटै गाडी चढिरहेको देखिदैन। किनेर केही समय चढिसकेपछि बेच्नु परेको खन्डमा त्यसको रिसेल भ्यालु कति हुन्छ भन्ने पनि उत्तिकै महन्वपुर्ण हुन्छ।
त्यस्तै आजको समयमा सेफ्टी फिचर पनि याद गर्नुपर्छ। पछिल्लो सयम आएका गाडीमा नयाँ नयाँ फिचर सँगै विभिन्न सेफ्टी फिचर पनि राखिएको हुन्छ । आफुले किन्न लागेको गाडीको सेफ्टी फिचरको कस्तो छ बुझेर मात्रै गाडी खरिद गर्ने निर्णय गर्नुपर्छ।
हामीले प्राय अरुको देखेको भरमा गाडी किन्छौ। अरुले आफ्नो आवस्यकता अनुसार गाडी किनेका हुन्छन् भन्ने हामीले बिर्सिन्छौं। त्यसैले गाडी किन्नु अघि रिसर्च जरुरी छ ।
अहिले धेरै ठाउँमा गाडिको बारेमा जानकारी मुलक रिपोर्ट र रिभ्यु पढ्न सुन्न र हेर्न पाइन्छ। त्यतिबेला एउटा मात्रै होइन धेरै रिभ्यु हेरेर पढेर रिसर्च गरेर मात्रै गाडि किन्ने निर्णयमा पुग्दा अत्यन्त राम्रो हुन्छ ।
ओझा लक्ष्मी हुन्डाईमा हेड मार्केटिङ एण्ड कम्युनिकेसन पदमा कार्यरत छन्।