तपाईले चढिरहनुभएको मोटरसाइकलको मूल्य कति हो ? २ लाख, ३ लाख कि ७ लाख।
सामान्यतया हामीले चढ्ने बाइकको मूल्य यस्तै नै हो। तर यसपालीको नाडा अटो शोमा ६१ लाख सम्मको बाइक राखिएकको राखिएको छ।
मोटरसाइकल उत्पादक कम्पनी एमभी अगस्टाको लागि नेपालका लागि आधिकारीक वितरक भेलोसिटी प्राइभेट लिमीटेडले अटो शोमा ४३ देखि ६१ लाख सम्मका मोटरसाइकल प्रदर्शनीमा राखेको छ।
६१ लाख ९० हजारको ‘एफ फो’ अटो शोकै ‘हट केक’ बनेको कम्पनीका सेल्स म्यानेजर करन मोक्तान ले बताए।
१ हजार सिसि को यो मोटरसाइकलले १३ हजार ४ सय हारपिएममा १ सय ९५ एचपी पावर र ९ हजार ६ सय हारपिएममा ११०.८ एनएम टर्क जेनेरेट गर्छ। १ सय १५ मिलिमिटर ग्राउण्ड क्लेयरेन्स भएको यसको उच्च गति २९१ किलोमिटर प्रतिघण्टा रहेको कम्पनीको दावी छ।