करुन शाक्य, सुजुकी
मंगलबारदेखि सुरु भएको नाडा अटो शोमा विभिन्न कम्पनीका गाडीले विभिन्न प्रकारका अफर दिएर ग्राहकलाई आर्कषित गरिरहेका छन् । त्यसैमा सुजुकिले पनि पनि सुजुकी पर्वोत्सब अफर लन्च गरेको छ ।
नाडा शोका लागि ल्याएको यो अफरमा सुजुकीको कुनै पनि गाडी किन्दा कुनै न कुनै अफर दिने छ । तर, गाडीका प्रकार अनुसार अफर पनि फरक फरक छन् ।
सुजुकीले सबैभन्दा बढी दुई लाख सम्म छुटको अफर ल्याएको छ । सुजुकीको कुनै पनि मोडलको गाडि किन्दा यो छुट अवसर पाउने छन् । तर, अन्य जुनसुकै गडीसँग एक्चेन्ज गर्ने ग्राहकले लागि एक लाखसम्म बोनस र स्क्र्याच कार्डबाट बढीमा एक लाखसम्म थप बोनस पाउन सक्ने छन्।
नाडामा स्पेशल बुकिङ गर्ने ग्राहकको लागि थप ५० हजार सम्म छुट दिइएको छ ।
सुजुकीले नाडा शोमा चार वटा नयाँ मोडलको गाडि लन्च गरेको छ । नाडा अटोशो सुरु भएको पहिलो दिन तीन नयाँ मोडल लन्च गरेको थियौ भने दोस्रो दिन अर्को एउटा नयाँ मोडल पनि लन्च भयो । यी सबै गाडि स्मार्ट हाइब्रिड हुन् ।
स्मार्ट हाइब्रिड गाडीले सामान्य कारले भन्दा धेरै माइलेज दिन्छ । यस्तै यो वातावरणीय हिसाबले पनि राम्रो मानिन्छ । यसको सबैभन्दा राम्रो कुरा भनेको सामान्य गाडिको मूल्यमा ग्राहकले हाइब्रिट गाडी किन्न सकिन्छ । कम मूल्यमा स्मार्ट किन्न पाइन्छ । यो पहिलो दिन लन्च भएको सिएस, आर्टिका, एस क्रस र दोस्रो दिन लन्च भएको एक्सएल ६ गरी चार वटै गाडीमा स्मार्ट हाइब्रिड सुविधा छ ।
गाडीमा हाम्रो कमाइको ठुलो हिस्सा खर्च गर्नुपर्छ । त्यसैले यति मोटो रकम खर्च गरेपछि विचार गरेर किन्नै पर्छ । त्यसैले अफरसँगै मुख्य कुरा कुन गाडीले आफूलाई कति सुट गर्छ भन्ने कुरा याद गर्नुपर्छ ।
गाडी मेन्टिनेन्स गर्न पनि सजिलो हुनुपर्छ, गाडीको फिचर कस्तो छ, भोलि गएर त्यसले कति सन्तुष्टि दिन्छ भन्ने कुरा पनि याद गर्नुपर्छ । तर कहिलेकाही गाडी किन्ने बेलामा केही विकल्पहरु आउछन् ।
त्यतिबेला भने अफरले निकै महत्वपुर्ण भुमिका खेल्छ ।