अहिले नाडा अटो शो को १४ औं संकरण भृकुटीमण्डपमा चलिरहेको छ। भृकुटीमण्डपको प्रदशर्नी हल छिर्ने बित्तिकै ड्याट्सन गाडीको स्टल छ।
स्टलमा एउटा पुरानो मोडलको तर हेर्दा नयाँ देखिने गाडी राखिएको छ। ड्याट्सनले कम्पनी स्थापनाको ५० औं वार्षिक उत्सवमा निमार्ण गरिएको ‘ड्याट्सन २४० जेड’ समेत प्रदर्शनीमा राखेको छ।
कुनै जमानामाको रेसिङ रेसिङ कार ‘ड्याट्सन २४० जेड’ नाडा अटो शोमा कसरी आइपुग्यो त?
यो गाडी ६० को दशकमा नेपाल भित्रिएको ड्याट्सनको लागि नेपालको आधिकारीक वितरक पायोनियर मोटोकर्पका सहायक महाप्रवन्धक ज्ञानेन्द्र चन्द बताउँछन्।
‘डाट्सनको यो स्पेशल एडिसन् ‘डयाट्सन २४० जेड’ ६० को दशकमा तिर राजा महेन्द्रलाई उपहार आएको भन्ने सुन्नमा अएको छ। पछि शाहाज्यादा धिरेन्द्र सरकारले पनि चढ्नु भयो रे। अहिलेपनि यो गाडीको स्वामित्व राजपरिवार निकटकै मान्छेसगँ छ,’ चन्दले सेतोपाटीसगँ भने।
पायोनियोर मोटोकर्पले ‘ड्याट्सन २४० जेड’ नाडा अटो शोमा प्रदर्शन गर्नको लागि मात्रै भनेर ल्याएको हो।
डयाट्सनको उत्पादन सन् १९११ देखि सुरु भएको हो। पछि सन् १९३३ मा अर्को कम्पनीसगँ मर्ज भएपछि विदेशमा पठाउने गाडीमा ड्याट्सन र जापानमा बेच्ने गाडीमा निसान लेख्न थालियो।
दुईवटा नाममा दुविधा भएपछि सन् १९८१ पछि ड्याट्सनको नाम हटाएर निशान मात्र लेख्न थालियो। २०१२ मा कम्पनीले ड्याट्सनलाई फेरी जीवित बनाई सस्तो सेग्मेन्टको गाडी बनाउन थालेको हो।