रेनो, नेपालको यूरोपियन ब्राण्डले नयाँ प्रोडक्ट अल्ट्रा मोडुलर एसयूभि–रेनो ट्राइबरको बुकिङ खुल्ला गरेको छ।
सो गाडी राजधानीमा भइरहेको नाडा अटो शो मा समेत प्रर्शनमा राखिएको छ।
रेनो ट्राइबरको बुकिङ २७ अगष्टबाटै शुरु भएको हो। ग्राहकहरुले केहि रकम तिरेर नाडा अटो शो अथवा रेनोको ११ वटा अधिकृत डिलरबाट बुकिङ गर्न सक्नेछन्।
पुश स्टार्ट–स्टप बटन, साचोरहित प्रवेश गर्न मिल्ने ढोका छ अल्ट्रा मोडुलर एसयूभि लगायतका आधुनिक विशेषताहरु रहेका छन्। रेनो ट्राइबरमा रियर एसी रहेको छ जसमा पछाडिसम्म चिसो हावा प्रवाह गर्दछ र यसमा आफ्नो इच्छा अनुसार एयरफ्लो परिवर्तन समेत गर्न सकिन्छ।
१८२ एमएम ग्राउण्ड किल्यरेन्सको साथ यस गाडीले साहसिक लुक दिनुका साथै यो सबै प्रकारको रोडका लागि उपयूक्त रहेको छ। रियर पार्किङ क्यामरेले यसलाई फराकिलो बनाएको छ र ८ इन्च टच स्क्रिनमा मिडिया नेभिगेसन विशेषता रहेको छ। मल्टीमिडिया प्रणालीमा जडान गरिएको यो गाडीमा एन्ड्रोइड र एप्पल सपोर्ट सिस्टममा प्रयोग गर्न सकिन्छ
यो गाडीमा रहेको १.० लिटरको ३ सिलिन्डर टर्बोचाज्र्ड पेट्रोल इन्जिनले ७२ पीएस र ९६ एनएम टर्क उत्पादन गर्दछ।
‘रेनोका लागि नेपाल प्रमुख बजार हो। नेपालमा विस्तार गर्न र हरेक बर्ष बिक्री मात्रा बढाउँदै लैजान हामीसँग प्रष्ट उद्देश्य र रणनीति छ। रेनो ट्राइबरले हाम्रो विस्तार योजनामा महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ र स्पेश र मोडुलारिटीमा नयाँ बेन्चमार्क बनाउनेछ’, रेनोका स्पीक पर्सनले भने।
उनका अनुसार रेनो ट्राइबरले ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै निपुण इन्जिनियरिङ क्षमता, गहन डिजाइन दक्षता, आधुनिक विशेषता, धेरै स्पेश र भर्सटाइलिटी प्रदान गर्दछ।
‘आजबाट बुकिङ खुल्ला गरेसँगै हामी रेनो परिवारमा धेरै ग्राहकहरुलाई स्वागत गर्न चाहान्छौं’, उनले भने।
अटो शो मा रेनोका क्याप्चर, डस्टर, क्विड र ट्राइबर प्रदर्शनीमा राखिएको छ।