अमेरिकी एसयुभी निर्माता जिपले आफ्ना एसयुभीहरुको क्षमता परीक्षण (क्यापाबिलिटी टेस्ट)गर्न चारदिने क्याम्प जिपको सुरुवात गरेको छ ।
नेपालका लागि जिपको आधिकारिक वितर एमएडब्लु लाइफले बिहीबार क्याम्प जिप आयोजना गरेको हो।
काठमाडौंको बग्गीखानास्थित साल्ट ट्रेडिङमा बनाइएको कृत्रिम अफरोड ट्रायलमा भर्खरै सार्वजनिक भएको जिप कम्पास ट्रायलहक र जिप कम्पास लिमिटेड प्लसको क्षमता परीक्षण गरिएको थियो।
कृतिम अफरोड ट्रायलमा जिपको क्षमता जाँच्न रक क्लाइम्बिङ, आर्टिकुलेसन, म्यानुराबिलिटी, ठाडो उकालो र ओरालो र बलौटे अवरोधहरु राखिएका थिए । एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालले आफैंले यी ट्रायलमा जिप कम्पास ट्रायलहक हाँकेर क्याम्प जिपको उद्घाटन गरेका थिए ।