नाडा अटो शोको १४ औं संस्करण भृकुटी मण्डपमा चलिरहेको छ। अटो शोमा विभिन्न ब्राण्डले आफ्ना सवारी साधन प्रदर्शन गरेका छन्। यही अवसरमा सबैजसो ब्राण्डले आफ्ना अफरहरु पनि सार्वजनिक गरेका छन्।
अटो शो को सेरोफेरोमा रहेर डाट्सन तथा निशानको नेपालको लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पका सह महाप्रवन्धक ज्ञानेन्द्र चन्दसँग गरिएको कुराकानीको संक्षिप्त अंशः
नाडा अटो शो कस्तो चल्दै छ ?
हामीले आशा गरेको जस्तै भइरहेको छ। पहिलो दिन त हामीले अनुमान गरेको भन्दा पनि राम्रो रह्यो। अझै केही दिन बाँकी छ। अवलोकनकर्ताको उत्सुकता राम्रै पायौँ।
डाट्सनमा धेरै भिजिटर छन् की निशानमा ?
सुरुमै डाट्सनको स्टल छ। स्टल लोकेशनको कारणले डाट्सनमा धेरै भिजिट छ। तर निशानमा पनि नभएको होइन। ग्राहक धाएरै निशानको स्टलमा आउनु भएको छ।
निशान र डाट्सनका कुन–कुन गाडी ग्राहकले मन पराएका छन् ?
ग्राहकले डाट्सनका रेडी गो, गो र निशानको माइक्रा, किक्स लगायत गाडी धेरै मनपराएको पायौँ। अरु गाडीको पनि इन्क्वाएरी राम्रो छ।
तपाईहरुले अटो शोमा विशेष अफर के दिइरहनु भएको छ ?
हामीले ग्राहकलाई अटो शोको लागि विषेश नगद छुट, इन्स्योरेन्स, १० जना भाग्यशाली ग्राहकलाई थाइल्याण्ड टुर, ५ जाना भाग्यशाली ग्राहकलाई १० ग्राम सुन, नाडामा गाडी बुक गर्नेलाई ३२ हजार पर्ने एमआई एम८ मोबाइल लगायतका छुट तथा अफर दिइरहेका छौँ।
यहाँ धेरै गाडीहरु छन्, एउटा व्यक्तिले गाडी किन्दा के कुरामा ध्यान दिनुपर्ला ?
ग्राहकले आफूले पैसा तिरे अनुसारको गाडी छ कि छैन। त्यसको फिचर्स, माइलेज, बिक्रीपछिको सेवा लगायतका कुरामा ध्यान दिनुपर्छ। त्यस्तै प्रिमियम गाडी खरिद गर्नेले यो सँगै कम्फर्ट, लुक्स, ब्राण्ड लगायतमा ध्यान दिनुपर्छ।
गाडी कम्पनीहरु धेरै छन्, डाट्सन र निशान नै किन ?
डाट्सन आएको धेरै भएको छैन। हामी थोरै मार्जिनमा काम गर्छौँ। हामी ग्राहककलाई सकेसम्म थोरै रकममा गाडी दिन प्रयत्नशील छौँ। डाट्सन मूल्यमा अरुभन्दा धेरै कम्पिटिटिभ छ। मेन्टेनेन्स कस्ट निकै कम छ। हाम्रा ३ हजार ५ सय भन्दा धेरै ग्राहक सटिस्फाइड छन्।
त्यस्तै निशान त विश्व बिख्यात ब्राण्ड हो। यो प्रति त शंका गर्ने ठाउँनै छैन। हामीले निशानको मूल्य पनि निकै कम्पिटिटिभ राखेका छौँ। डाट्सन र निशान गाडी खरिद गर्दा ग्राहकले कुनै चिन्ता लिनु पर्दैन।
अन्तिममा ग्राहकलाई के भन्नु हुन्छ ?
ग्रहक वर्ग सकेसम्म अटो शोमा स्टल भिजिट गर्दिनुहोस। भ्याउनु भएन भने देशभर रहेको हाम्रो शोरुममा जानुहोस। अब ३ महिना हाम्रो फेस्टििभ अफर चलिरहने छ। गाडी खरिद नगरेपनि एक पटक हाम्रो गाडी र अफर सुन्दिनुहोला।