दुर्गा यादव, सेल्स असिस्टेन्ट
१४ नाडा अटो शोको सुरु भएको पहिलो दिननै महेन्द्राले एक्सयुभी ३०० सार्वजनिक गर्यो। यो हाम्रा ग्राहकहरुको लागि हामीले ल्याएको उपहार यो नै हो।
त्यसो त नेपाल लन्च हुनु अघि भारतमा यो लन्च भइसकेको थियो। त्यसैले पनि महेन्द्रका ग्राहकहरु नेपालमा लन्च हुने समयको पर्खाइमा थिए। लन्च गरेको दिनदेखि देखिएको भिडले पनि त्यसको पुष्टि गर्छ। लन्च देखिनै यसप्रति ग्राहकहरुको निकै उत्सुक हुनुहुन्छ।
एक्सयुभी ३०० गाडि पेट्रोल र डिजेल दुबै भर्सनमा छ। पेट्रोलमा दुई मोडल र डिजेल गाडिमा चार अप्सनमा पाउन सकिन्छ ।
एक्सयुभी ३०० डब्लु ४, डब्लु ६, डब्लु ८, डब्लु ८ (अप्सनल) चारवटा डिजेल भर्सर हुन्। यस्तै, डब्लु ४ र डब्लु ८ (अप्सनल) कम्पनीले ल्याएको दुई वटा पेट्रोल भर्सन हो।
पेट्रोल इन्जिन मध्ये डब्लु ४ को मूल्य ३९ लाख ७५ हजार रुपैयाँ र डब्लु ८ (अप्सनल) को मूल्य ५६ लाख ५० हजार रुपैयाँ छ।
यस्तै, डिजेल इन्जिन डब्लु ४ को बजार मूल्य ४१ लाख २५ हजार रुपैयाँ, डब्लु ६ को बजार मूल्य ४५ लाख रुपैयाँ, डब्लु ८ को बजार मूल्य ५१ लाख ५० हजार रुपैयाँ र डब्लु ८ (अप्सनल) को बजार मूल्य ५७ लाख २५ हजार रुपैयाँ छ।
सार्वजनिक भएदेखि ग्राहकहरुले यसको मूल्यलाई भन्दा यसमा भएको फिचरमा धेरै ध्यान दिएको देखिन्छ। उनीहरुलाई यसको फिचरले आर्कषण गरेको छ।
यसमा रहेको सबैभन्दा राम्रो फिचर भनेको सेफ्टि फिचर हो। सात वटा एयरब्याग, चारै पाङ्ग्रामा डिस्क–ब्रेक, १७ इन्च अलोय–हृवील, ईबीडी तथा एबीएसजस्ता अत्याधुनिक फिचर्सहरुले एक्सयूभी–३०० विशेष बनेको छ।
यसका फ्रन्ट पार्किङ सेन्सर छ। हाम्रोमा पछिल्लो समय पार्किङमा निकै समस्या भइरहेको बेलामा अटो पार्किङ सेन्सरले पार्किङ गर्न सहयोग गर्छ।
गाडि भित्रको तापक्रम पनि फरक फरक बनाउन मिल्ने फिचर पनि यसमा समावेश गरिएको छ। आफ्नो लागि एउटा र अरुको लागि अर्कै तापक्रम पनि बनाउन सकिन्छ।
अर्को युनिक फिचर भनेको यसको स्टेरिङ हो। एक्सयुभी ३०० को स्टेरिङ तीनवटा मोडमा चलाउन सकिन्छ।
पहिलो स्मार्ट स्टेरिङ छ। कम्फटमा चलाउनेहो भने त्यहि अनुसार कम्फट रुपमा चलाउन सकिन्छ। नर्मल रुपमा चलाउने हो भने अन्य गाडिको जस्तै नर्मल हुन्छ र स्पोर्टमा चलाउने हो भने अरु बेलाको भन्दा केही कसिलो हुन्छ।
यस्तै यो महेन्द्र सबैभन्दा चौडाइ भएको गाडि हो। यसमा चौडाइ २६ एमएमको छ। अन्य गाडिमा २६ एम एम भन्दा कमनै हुन्छ। त्यस्तै लुक्सको हिसाबले पनि निकै राम्रो छ।
अर्को कारण भनेको यसमा सस्तो मूल्यमा अत्याधिक फिचर पाउन सकिन्छ त्यसैले पनि मानिसहरुमा यसप्रति आकर्षित भएका हुन्।
एसयूभी–३०० मा १.२ लिटर टर्बो पेट्रोल र १.५ लिटर डिजेल इन्जिन छ।
१.२ लिटर पेट्रोल इन्जिनले ५ हजार आरपिएममा ११० पिएस पावरका साथै २००० देखि ३५०० आरपिएममा २०० एनएम–टर्क उत्पादन गर्छ। साथै, १.५ लिटर डिजेल इन्जिनले ३७५० आरपिएममा ११५ पिएस पावरका साथै १५०० देखि २५०० आरपिएममा ३०० एनएम–टर्क उत्पादन गर्छ।