मंलबार देखि चलिरहेको १४ औं संकरणको नाडा अटो शो जारी छ। तीनदिन सम्मको प्रदर्शनी अवलोकन गर्न आउनेको भिड देखेर व्यवसायीहरु पनि उत्साहित देखिन्छन्।
ग्राहक विभिन्न कम्पनीका नयाँ फिचर भएका गाडीमा आर्कषित भएको देखिन्छ। धेरै कम्पनीका गाडी एकै ठाउँमा र विभिन्न छुट तथा अफरहरु पाइने हुनाले शोमा मानिसको भिड बढेको व्यवसायीहरु बताउँछन्।
यसपटकको नाडा शोमा पेट्रोल/डिजेल गाडीसँगै हाइब्रिड र इलेक्ट्रिक गाडीमा पनि मानिसहरुको विशेष चासो देखिएको छ। ग्राहकको त्यही मनसाय बुझेका केही कम्पनीहरुले शोमा हाइब्रिड र इलेक्ट्रिक गाडी पनि लन्च गरेका छन्। यो सँगै अन्य पेट्रोल र डिजलबाट चल्ने गाडीहरु पनि लन्च भएका छन्।
नाडा अटोशोबाट लन्च भएका केही गाडी र तिनीहरुको मूल्य यहाँ समावेश गरिएको छ ।
गाडीको मूल्यसूची