काठमाण्डौको भृकुटीमण्डपमा जारी नाडा अटो शोमा म्याक लुब्रिकेन्टले ३ ओटा नयाँ उत्पादन सार्वजनिक गरेको छ। कम्पनीले दुई नयाँ प्यासेन्जर भेइकलका लागी लुब्रिकेन्ट र एक ग्रीज सार्वजनिक गरेको हो।
यी नयाँ उत्पादनले अन्य उत्पादनको तुलनामा गाडीमा माइलेज बढी दिने र इन्जीनमा यस्को बहु बिशेषता रहेको म्याकलु ब्रिकेन्टको दाबी छ । म्याक लुब्रिकेन्टले सोमा ग्राहक तथा दर्शकहरुबाट धेरै भन्दा धेरै सकारात्मक प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ ।