टिभिएसको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले रेडोन ११० सार्वजनिक गरेको छ।
नाडा अटो शो को उपलक्षमा जगदम्बा मोटर्सले रेडोन सार्वजनिक गरेको हो। १०९.७ सिसि इन्जिनको रेडोनले ७ हजार आरपिएममा ८.३ बिपिएच पावर र ५ हजार आरपिएममा ८.७ एनएम टर्क जेनेरेट गर्छ।
४ स्पिड गियर बक्स रहेको ‘रेडोन’ ले प्रतिलिटर ६९.३ किलोमिटर माइलेज दिने कम्पनीको दावी छ। यसको इन्धन क्षमता १० लिटर रहेको छ। कम्पनीले यसको मूल्य १ लाख ७९ हजार ९ सय निर्धारण गरेको छ।