सिएफ मोटोमोको नेपालका लागि आधिकारिक वितरक अन्ना इन्टरनेशनलले अफरोड सडकमा उपयोगि जेड फोर्स ५५० इएक्स सागी सार्वजनिक गरेको छ।
यो युटिलिटी भेइकल अफरोडकै लागि भनेर निमार्ण गरिएको कम्पनीले जनाएको छ।
४ सय ९५ सिसिको इन्जिन भएको यो गाडीले ६००० आरपिएममा ३७ बिपिएच पावर र ५ हजार ८ सय आरपिएममा ४३ एनएम टर्क जेनेरेट गर्छ।
न्यूनतम ग्राउण्ड क्लेयरेन्स २८७ मिलिमिटर भएको ‘जेड फोर्स ५५० इएक्स’ को न्यूनतम ट्रनिङ डायमिटर ९.५मिटर छ। यसको ह्विल बेस २०४० मिलिमिटर र सिटको उचाई ३९५ मिलिमिटर भएको कम्पनीले जनाएको छ।
यसको फुल ट्याङ्क इन्धन क्षमता २७ लिटर रहेको छ। कम्पनीले यसको मूल्य १४ लाख २५ हजार निर्धारण गरेको छ।