आइएमई मोटर्सद्वारा प्रवद्र्धित अशोक लेल्याण्ड र सिर्जना फाइनान्स लिमिटेड (बिराटनगर प्रधानकार्यालय रहेको) बिच कर्जा साम्झौता भएको छ।
सम्झौता अनुसार आईएमई मोटर्स बाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७० प्रतिशत सम्मको कर्जा सुविधा पाउने भएका छन्।
सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भवानी शंकर चापागाईं र आईएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए. खानले हस्ताक्षर गरेका हुन्।
यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताए।