मोरँग अटो वर्क्सले महा एक्सचेन्ज मेला आयोजना गरेको छ। पूराना साधन दिएर नयाँ लिने पाउने सुविधासहित मेला आयोजना गरिएको कम्पनीले जानकारी दिएको छ।
नेपालका लागि यमाहाको आधिकारिक वितरक कम्पनीले कुनै पनि ब्राण्डको पुरानो मोटरसाइकल तथा स्कूटर लिएर बजार मुल्याँकनको बाहेक २० हजार दिने ग्यारेन्ट गरेको छ।
कम्पनीले हालैमात्र यामाहा एफजेड भि३ र एमटि १५ नेपाली बजारमा ल्याएको छ।
शनिबारदेखि राजधानी काठमाडौंको राष्ट्रिय सभा गृह भवनमा जारी मेला भदौ १९ गतेसम्म चल्ने छ।