आईएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स प्रा.लि. द्वारा प्रवर्द्धित अशोक लेलैण्ड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड (विराटनगर प्रधान कार्यालय रहेको) बिच सम्झौता भएको छ।
सम्झौताअनुसार आईएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा कर्जा सुविधा सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड (विराटनगर प्रधान कार्यालय रहेको) बाट पाउने भएका छन् । यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् ।