मंगलबारबाट सुरु भएको नाडा अटोशोको १४ संस्करण आइतबार सकिएको छ। यो वर्ष ८१ हजारले नाडा अटो शो अवलोकन गरेको नाडाका अध्यक्ष शम्भु प्रसाद दाहालले जानकारी दिए।
‘यो वर्षको अटो शो सोचेभन्दा पनि राम्रो भयो। अवलोकन कर्ताको उत्साह पनि ब्यापक पायौँ,’ उनले भने।
अटो शोको पहिलो दिन १० हजार, दोस्रो दिन १३ हजार, तेस्रो दिन १४ हजार ८ सय, चौथो दिन १५ हजार ५ सय, पाँचौ दिन २० हजार र छैठौ दिन ८ हजारले अवलोकन गरेको दाहालले जानकारी दिए।
त्यस्तै यो वर्ष उत्कृष्ट स्टलका रुपमा चारपांग्रे सवारी साधनतर्फ टोयोटा तथा दुईपांग्रे सवारीसाधन तर्फ केटिएम घोषित भएको छ। उत्कृष्ट सपोर्टिङ स्टल लक्ष्मी ल्युब प्रालि घोषित भएको छ।
अटो शो अवलोक गर्ने मध्य ०१२३३१ नम्बरको टिकट खरिद कर्ताले लक्की ड्र मार्फत जिपिएक्स मोटरसाइकल पाएका छन्। यो पुरस्कार लिनको लागि टिकटको अर्धकट्टी सहित ३५ दिनभित्र नाडाको कार्यालय जानुपर्ने नाडा अटो शोका प्रवक्ता अनुप कुमार बरालले जानकारी दिए।