टिभिएस अपाचे आरटिआर १६० २भि रेस एडिसन नेपाली बजारमा प्रवेश गरेको छ। टिभिएसको नेपालका लागि आधिकारीक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा ल्याएको हो।
रेसिङ्ग डिकल्स, थ्रीडि लोगो, चमकदार रङ्गहरु एवं स्पिड मिटरको नयाँ डायलले यो मोटरसाइकललाई स्टाइलिस लुक्ससहित आएको छ।
यसमा १५९.७ सिसिको सिंगल सिलिण्डर, ४ स्ट्रोक, एयर–कूल्ड इन्जिन जडान गरिएको छ र यसले ६५००(+ ३००) आरपिएममा १३.०३ एनएमको टर्कका साथ ८५०० आरपिएममा १५.१२ पिएसको अधिकतम शक्ति उत्सर्जन गर्दछ ।
यसको हालको बजार मुल्य २ लाख ६४ हजार ९०० रुपैयाँ रहेको छ।