नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले जाजरकोटमा सुविधासम्पन्न नयाँ शोरुम “रमेश अटो सप्लायर्स एण्ड सर्विसिङ्ग सेन्टर” सञ्चालनमा ल्याएको छ।
नेपालमा धेरै बिक्री हुने अटो मोबाइल ब्राण्ड बजाजले अझ बढि सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले जाजरकोटमा पनि शोरुम संचालनमा ल्याएको जानकारी दिएको छ।
रमेश अटो सप्लायर्स एण्ड सर्विसिङ्ग सेन्टर, जाजरकोटका प्रोपराइटर रमेश के.सी.लाई डिलरसीप दिइएको कम्पनीले जानकारी दिएको छ।
नयाँ शोरुमले ग्राहकहरुलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने र यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्ने कम्पनीको विश्वास छ।