भर्खरै सम्पन्न १४ नाडा अटो शोमा अग्नी इन्कर्पोरेटले एक्सयुभी ३०० सार्वजनिक गर्यो। एक्सयुभी ३००ले ग्राहकबाट पनि राम्रो प्रतिक्रिया पाइरहेको कम्पनीले जनाएको छ।
पेट्रोल र डिजेल दुबै भर्सनमा उपलब्ध यस एक्सयुभी कम्पनीले असोजको पहिलो हप्ताबाट ग्राहकलाई हस्तान्तरण गर्ने तयारी थालेको अग्नी इन्कर्पोरेटका असिस्टेन्ट म्यानेजर (भेइकल सेल्स डिपार्टमेन्ट) चित्र विकाश दाहाल बताउँछन्।
पेट्रोल भर्सनमा दुई मोडल र डिजेल भर्सनमा चार अप्सनमा उपलब्ध यस गाडी सिटी र अफरोड दुवैको लागि उत्कृट भएको दाहालको दावी छ।
‘यो गाडी भारतमा निकै रुचाइएको गाडी हो। नेपालमा पनि छोटो समयमा राम्रो प्रतिकृया पाइरहेको छ,’ उनले भने।
कम्पनीले पेट्रोल इन्जिनमध्ये डब्लु ४ को मूल्य ३९ लाख ७५ हजार, डब्लु ८ (अप्सनल) को मूल्य ५६ लाख ५० हजार निर्धारण गरेको छ। त्यस्तै डिजेल इन्जिनका डब्लु ४ को ४१ लाख २५ हजार, डब्लु ६ को ४५ लाख, डब्लु ८ को ५१ लाख ५० हजार र डब्लु ८ (अप्सनल) को ५७ लाख २५ हजार रुपैयाँ निर्धारण गरेको छ।
यसको ११९७ सिसीको टर्बो पेट्रोल इन्जिनले ५००० आरपिएममा ११० बिपिएच पावर र ३५०० आरपिएममा २०० एनएम टर्क जेनेरेट गर्छ।
त्यस्तै १४९७ सिसीको टर्बो डिजेल इन्जिनले ३७५० आरपिएममा ११५ बिपिएच पावर र २५०० आरपिएममा ३०० एनएम टर्क जेनेरेट गर्छ।
सुरक्षाको लागि यसमा ७ वटा एयरब्याग, ईबीडी तथा एबीएस, १७ इन्च अलोय–हृवील, चारै पाङ्ग्रामा डिस्क–ब्रेक लगाएतका फिचर्स छन्।
त्यस्तै फ्रन्ट पार्किङ, गाडीभित्रको तापक्रम पनि फरक फरक बनाउन मिल्ने फिचर, तीनवटा मोडमा चलाउन सकिने स्टेरिङले यसलाई विशेष बनाएको छ।
एक्सयुभी ३०० यी बाहेक अन्य कैयन विशेषताले भरिपुर्ण छ। कम्पनीले यो गाडीमा २ वर्ष वा ५० हजार किलोमिटरको वारेन्टी प्रदान गरेको छ भने दसैंको लागि ५० हजार नगद छुटको घोषण समेत गरिसकेको छ।