संविधान दिवसको अवसरमा सुन्दर यातायातको बिजुली बसले निशु:ल्क सेवा दिइरहेको छ।
भोलिबाट नियमित रिङरोडमा गुडाउने बिजुलीबसहरुले संविधान दिवसको अवसरमा निशु:ल्क सेवा दिइरहेको सुन्दर यातायातका अध्यक्ष भेष बहादुर थापाले जानकारी दिए।
‘सर्वसाधरणले अझै पनि बिजुलीबस देख्नु भएको छैन। संविधान दिवसको सुखद अवसरमा हामीले उहाहरुलाई निशुल्क यात्रा गराउने निणर्य गरेका हौ,’ उनले भने।
आज निशु:ल्क भएकोले रिङ्गरोड भित्र पनि यातायात सेवा दिएको थापाले जानकारी दिए।
गत भदौ २३ गते उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले सुन्दर यातायातको दुई बिजुलीबस उद्धाटन गरेका थिए। यो सँगै विद्युतीय सवारी निमार्ता कम्पनी बिएकेसगँ ५० ओटा बस खरिदको सम्झौता सुन्दरले गरिसकेको छ।