१ सय ३० वर्ष पुरानो विश्वविख्यात टायर ब्राण्ड म्याचिलिन नेपाल भित्रिएको छ।
सिप्रदि ट्रेडिङ प्रालीले म्याचिलिन टायर नेपाल भित्र्याएको हो। सन् १८८९ बाट उत्पादन सुरु भएको म्याचिलिन टायर हाल १७० ओटा देशमा ६९ उत्पादन उपलब्ध छ।
कम्पनीले नेपालमा ३ ओटा सेग्मेन्टका टायर उपलब्ध गराउने छ।
सिप्रदिसगँ आवद्ध भएर नेपालमा बजार बिस्तार गर्नु गर्वको कुरो भएको म्याचिलिन टायरका जनरल म्यानेजर प्रदिप थ्याम्पीले बताए।
सिप्रदीले सधै ग्राहकको रोजाई अनुसार काम गर्ने भएकोले धेरै रिसर्च पछि म्याचिलिन टायर भित्राएको र म्याचिलिनसगँ सहकार्य गर्न पाउदा धेरै खुशी महशुस भएको सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए।