सिजि अटोमोटिभ्स डिभिजन अन्तर्गतको सिजि होल्डिङ्गस् तथा सुजुकी फोर ह्वीलर्स नेपालले काठमाडैंको नक्सालमा आधिकारिक शोरुम सञ्चालनमा ल्याएको छ।
४५५४ स्क्वायर फिट क्षेत्रमा फैलिएको शोरुममा अत्याधुनिक ग्राहक लन्ज, मिटिङ्ग एसिया, एक्स्चेन्ज सुविधा तथा फाइनान्स सुविधाका लागि पर्याप्त क्षेत्र रहेको छ । शुजुकी ब्राण्डको निर्देशन अनुसार शोरुम निर्माण गरिएको कम्पनीले जानकारी दिएको छ।
“ग्राहक एवं कम्पनी बीचको सम्बन्धलाई अझै मजबुत बनाउने उद्देश्य सहित शुभारम्भ गरिएएको यो सुजुकीको घठ औं आउटलेट हो । यहाँबाट सेल्स, सर्भिस र स्पेयरपार्ट सम्बन्धी सम्पूर्ण सेवा प्रदान गरिएको छ । ग्राहकवर्गको सहजताको लागि यस शोरुमले निश्चय नै उत्कृष्ट सेवा प्रदान गर्ने कुरा” सिजि मोटोकर्पका विजिनेस शाखा प्रमुख सिरज पन्तले भने।