यामाहाको नेपाल स्थित एकमात्र आधिकारिक वितरक मोरङ अटोले एक्सेञ्ज एण्ड अपग्रेड योजना ल्याएको छ।
यामाहा एक्सेञ्ज एण्ड अपग्रेड योजना अन्तर्गत यामाहा बाइकसँग जुनै ब्राण्डको प्रयोगमा आइसकेका बाइकहरु साट्न सकिनेछ र यामाहासँगै आफ्नो स्टाइल स्तरोन्नति गर्ने अवसर प्राप्त हुनेछ । देशभर छरिएर रहेका सबै यामाहा शोरुमहरुमा यो योजना यही असोज ६ गतेदेखि प्रारम्भ भई असोज १३ गतेसम्म लागू हुने कम्पनीले जानकारी दिएको छ।
यामाहा एक्सेञ्ज एण्ड अपग्रेड योजनामा कुनै पनि ब्राण्डका टू–ह्वीलरहरुको न्यूनतम मुल्याँकन ३० हजार हुने छ। बजार मुल्यभन्दा १५ हजार थप गरेर मुल्याँकन गरिने कम्पनीले जानकारी दिएको छ।