यातायात व्यवसयीहरुले बसको अग्रिम टिकट बुकिङ खोलेपछि ८ हजार जानाले अनलाइन टिकट काटेका छन्। ५ गतेदेखि अत्याधिक टिकट बुकिङ भएको बस सेवा डट कमका संस्थापक पर्शुराम खनालले जानकारी दिए।
‘बस सेवामार्फत् ४ दिनमा ८ हजार भन्दा धेरैले अग्रिम टिकट काटिसक्नु भएको छ। अव सिमित ठाउँका टिकटहरु मात्र छन्,’ उनले भने।
नेपालमा अनलाईन प्रणाली त्यत्ती विकाश नभएकोले अनलाईन टिकेटिङमा केही समस्या भएको उनले बताए।
‘हाल अनलाईन सिस्टम धेरैलाई झण्झटिलो लाग्छ त्यसैले व्यवसायीहरुले हामीलाई सिमित कोटा दिनुभएको छ। त्यो स्टक करिव – करिव सकिइसक्यो। यदी अनलाइन प्रणालीलाई विकाश गर्न सकियो भने लाइन बस्ने झण्झटलाई पुर्ण रुपमा हटाउन सकिन्छ,’ उनले सेतोपाटीसगँ भने।
बससेवा मार्फत देशभरका १ सय ४ कम्पनीका ४ सय ओटा बसका टिकट काट्न सकिन्छ। यो एप मार्फत गाडी र सिट छान्न सकिने र यात्रु नठगिने खनालले दावी गरे।
‘हामी यातायात व्यवस्था विभागले तोकेको मूल्यमा गाडी र सिट छानी–छानी टिकट दिन्छौ। एउटै प्ल्याटफर्मबाट धेरै प्रकारको गाडीमा सिट छान्न सकिने भएकोले ग्राहकलाई मर्का पर्दैन,’ उनले भने।
बस सेवा मार्फत् टिकट काट्दा इसेवा, प्रभु पे, आईएमई पे लगाएतका भुक्तानी प्रदायकबाट शुल्क भुक्तानी गर्न सकिन्छ।